
धवलशमशेरले नयाँ पार्टी जन्माउन लागेपछि तीन पूर्वअध्यक्षद्वारा कार्यकर्तालाई एकजुट हुन अपिल
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक कलह बढिरहेको र नेता धवलशमशेर राणाले पार्टी फुटाउने तयारी गरिरहेको चर्चा चलिरहेका बेला पार्टीका तीन पूर्वअध्यक्षले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै कार्यकर्तालाई धैर्य रहन अपिल गरेका छन्


