
लिपुलेक विवादबारे प्रधानमन्त्री : भारत र चीनलाई कूटनीतिक नोट पठाएका छौँ, बेलायतसँग पनि कुरा गरेका छौँ
प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले) का सांसद पद्मा अर्यालले लिपुलेकका विषयमा सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्।...
प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधि सभाको बैठकमा लिपुलेक र लिम्पियाधुरा सीमा विवादबारे भारत र चीनलाई कूटनीतिक नोट पठाइएको जानकारी दिनुभएको छ। नेकपा एमालेकी सांसद पद्मा अर्यालले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले ऐतिहासिक तथ्यका आधारमा समस्या समाधान गर्न बेलायतसँग पनि छलफल भइरहेको बताउनुभयो। भारतले कूटनीतिक नोटको जवाफ पठाएको र दुवै देश इतिहासविद् तथा भूमि विज्ञहरू सम्मिलित 'टेबल टक' मार्फत वार्ता गर्न तयार भएको प्रधानमन्त्रीको भनाइ छ।
Summary by Jayaman

प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले) का सांसद पद्मा अर्यालले लिपुलेकका विषयमा सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्।...
6 more headlines since
प्रधानमन्त्री बालेन्द्र शाहले भारतबाट कूटनीतिक नोटको जवाफ आएको जानकारी संसद्लाई गराएका हुन् ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक– लिम्पियाधुराको विवादबारे टेबलटक मार्फत समाधान गर्ने जानकारी गराएका छन् । आइतबार नेकपा एमालेको तर्फबाट सांसद पद्मा अर्यालले लिपुलेक लिम्पियाधुराबारे भारत र चीनले गरेको नयाँ समझदारीबारे सरकारको धारणा मागेकी थिइन् ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले लिपुलेक र लिम्पियाधुरा विवाद 'टेबल टक'बाटै समाधान हुने दाबी गरेका छन् ।प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा एमालेकी पद्मा अर्यालले सोधेको प्रश्नको जवाफमा बालेनले भारत, चीन र बेलायतसँग यस विषयमा कुरा गरिएको बताए ।'लिपुलेक र लिम्पियाधुराका सम्बन्धमा भारतलाई अफिसियल रूपमा डिप्लोमेटिक नोट पठाएका छौं र जवाफ पनि आएको छ,' बालेनले भने, 'दुवै सरकारले इतिहासविद् र भूमिसम्बन्धी सरोकार भएका व्यक्तिहरूलाई राखेर टेबल टक गर्ने कुरा भएको छ
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले लिपुलेक-लिम्पियाधुरा सीमा विवाद समाधानका लागि सरकारले भारत र चीनसँगै बेलायत (इंग्ल्यान्ड) सरकारसँग पनि कूटनीतिक संवाद गरेको जानकारी दिएका छन्। प्रधानमन्त्री शाहले आइतबार संसद् बैठकमा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिँदै यस्तो जानकारी दिएका हुन्। उनले नेपाल सरकारले विवादित भूमि सम्बन्धमा भारत सरकारलाई औपचारिक कूटनीतिक नोट पठाइसकेको बताए। भारत पक्षबाट पनि […]

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले अतिक्रमणको अवस्थामा रहेको नेपाली भूमि लिपुलेक र लिम्पियाधुराबारे भारत वार्ता गर्न तयार भएको बताएका छन्। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा उनले यस्तो बताएका हुन् । नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालको प्रश्नको जवाफ दिँदै व्यापारिक मार्ग खोल्न लिपुलेकबारे भएको भारत-चीन सहमतिबारे कूटनीतिक नोट पठाइएको जानकारी दिए । […]

काठमाडौँ । लिपुलेकमा चीन र भारतले खोलेको व्यापारिक मार्गबारे सरकारले भारत र चीनलाई डिप्लोमेटिक नोट पठाएको जानकारी गराएको छ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले त्यस्तो जानकारी गराएका हुन् । एमाले सांसद पद्मा अर्यालले सोधेको प्रश्नको