दरबार हत्याकाण्ड भएको २५ वर्ष बित्यो : अहिलेसम्म रहस्य खुल्न सकेन
आज जेठ १९ गते । तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको २५ पूरा भएको छ । २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो ।राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको एकै प्रकरणमा हत्या गरिएको थियो ।घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर राणा र केतकी चेस्टर घाइते भएका





