शिक्षा समितिद्वारा ६ उपसमिति गठन, कार्यविधि र आचारसंहिता पनि पारित
काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आफ्नो कार्यसम्पादनलाई प्रभावकारी बनाउन ६ वटा विषयगत उपसमिति गठन गरेको छ। समितिले उपसमितिहरूको कार्यविधि र आचारसंहिता समेत पारित गरेको छ। समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभा नियमावलीअनुसार उपसमितिहरू गठन गरेको समितिकी सभापति डा.ओजस्वी शेरचनले जानकारी दिइन्। उनका अनुसार सबै उपसमिति समितिका सभापतिको मातहतमा रहनेछन् र उपसमितिको संयोजनको […]
