
अत्यधिक बिदा स्वीकृत गरेको आरोपमा सल्यान र जाजरकोटका सशस्त्र प्रहरी कमाण्डर फिर्ता
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले अत्यधिक संख्यामा कर्मचारीलाई बिदा स्वीकृत गरेर संगठनात्मक अनुशासनमा कमजोरी देखाएको निष्कर्षसहित सल्यान र जाजरकोटस्थित गुल्मका कमाण्डरलाई जिम्मेवारीबाट फिर्ता बोलाएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता तथा नायब महानिरीक्षक (डीआईजी) विष्णु प्रसाद भट्टका अनुसार ती दुई गुल्ममा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई अस्वाभाविक रूपमा धेरै बिदा दिइएको भन्ने उजुरी सशस्त्र प्रहरी महानिरीक्षकको […]

