ओमानमा आगलागी भएको ट्याङ्करका चालक दलका सदस्यसहित २४ जनाको उद्धार
भारतीय नौसेनाको हेलिकोप्टरले सोमबार ओमानको समुद्री तटमा आगलागी भएको ट्याङ्करबाट २४ जनालाई उद्धार गरेको नयाँदिल्लीले सोमबार जनाएको छ ।भारतको बन्दरगाह, ढुवानी तथा जलमार्ग मन्त्रालयले पलाउको ध्वजावाहक ट्याङ्कर एमटी मारिभेक्समा दिउँसो १ः३० बजे आगलागी भएको जानकारी दिएको छ ।“एमटी मारिभेक्स ट्याङ्कर (जहाज) मा आगलागी भएको र भारतीय नौसैनिक हेलिकप्टरले चालक दलका सदस्यसहित २४ भारतीयलाई उद्धार गरेका छन्”, मन्त्रालयका निर्देशक ओपेशकुमार शर्माले भने, “सबै भारतीय नागरिक सकुशल छन् ।”&lsq


