अनिश्चितताबीच घर फर्कन थाले विस्थापित लेबनानी
अमेरिका र इरानबीच ऐतिहासिक ‘शान्ति सम्झौता’को घोषणा भएसँगै ठुलो सङ्ख्यामा विस्थापित लेबनानी नागरिकहरू आफ्नो घर फर्कन थालेका छन् । सम्झौतामा लेबनानमा जारी युद्ध पनि समाप्त हुने कुरा उल्लेख गरिएपछि सोमबारदेखि नै दक्षिणी लेबनानका धेरै सहरहरूमा मानिसहरूको आउजाउ बाक्लिएको हो।वर्षौँदेखिको द्वन्द्व र पछिल्लो समयको युद्धका कारण आफ्नो थातथलो छोडेर भाग्नुपरेका नागरिकहरूले गाउँ फर्किएर आफ्नो घर र वरपरका क्षेत्रमा भएको क्षतिको मूल्याङ्कन गर्न थालेका छन्।यद्यपि, यो पुनरागमन पूर्ण रूपमा ढुक्क हुने


