सिटिजन्स बैंकले २ अर्बको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने, ४ सञ्चालक नियुक्त
३ असार, काठमाडौं । सिटिजन्स बैंकको ८ औं विशेष साधारणसभाले २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर (पर्पेक्चुअल नन कम्युलेटिभ प्रिफरेन्स सेयर) जारी गर्ने निर्णय स्वीकृत गरेको छ । प्राथमिक पुँजीकोष अनुपात बढाउन, बैंकको व्यवसाय विस्तार गर्न र जोखिम बहन गर्न सक्ने क्षमता अभिबृद्धि गर्न सो सेयर जारी गर्न लागिएको बैंकले जनाएको छ । […]

