Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 24 Junlast: 6d ago

खडेरीका कारण धनगढीमा खानेपानीको चरम संकट, ट्यांकरबाट पानी वितरण गरिँदै

लामो समयदेखिको खडेरी र अत्यधिक गर्मीका कारण जमिनमुनिको जलस्तर घट्दा कैलालीको धनगढी उपमहानगरपालिकामा खानेपानीको चरम संकट उत्पन्न भएको छ। वर्षौँदेखि पिउने पानीको मुख्य स्रोत रहेका हातेपम्पहरू सुकेपछि उपमहानगरपालिकाले ट्यांकर र दमकलमार्फत खानेपानी वितरण गरिरहेको छ। भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कैलालीका अनुसार चुरे क्षेत्रको दोहन र वन फँडानीका कारण भूमिगत पानीको सतह तीव्र रूपमा घट्दै गएको हो।

3 publishers · 4 headlines · developing over 3d 17h
Broke firstRajdhani National Daily logoRajdhani National Daily

धनगढीमा खानेपानी संकट, स्याउलेमा दमकल र ट्यांकरबाट पानी वितरण

धनगढी । मनसुन सक्रिय नहुँदा कैलालीलगायतका क्षेत्रमा खडेरी लम्बिँदै गएपछि भूमिगत पानीको सतह तीव्र रूपमा घट्न थालेको छ । पानीको सतह घटेसँगै धनगढीका अधिकांश हातेपम्प सुकेका छन् भने खानेपानी र सिँचाइ दुवै क्षेत्रमा संकट देखिएको छ । भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कैलालीका अनुसार भूमिगत पानीको अत्यधिक दोहन, वन फडानी, चुरे९भावर क्षेत्रमा नदीजन्य पदार्थको […] The post धनगढीमा खानेपानी संकट, स्याउलेमा दमकल र ट्यांकरबाट पानी वितरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Coverage

3 more headlines since

first · 24 Junlatest · 6d ago
  1. धनगढीमा खानेपानी संकट गहिरिँदै, उपमहानगरपालिकाद्वारा प्रभावित वडामा पानी वितरण

    धनगढी । लामो समयदेखि वर्षा नहुँदा धनगढी उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा खानेपानीको अभाव चुलिएको छ । नल, धारा तथा अन्य पानीका स्रोत सुकेपछि स्थानीय बासिन्दा दैनिक उपभोगका लागि पानीको समस्यामा परेका छन् । बढ्दो संकटलाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिकाले उपलब्ध स्रोत–साधन परिचालन गरी प्रभावित क्षेत्रमा पानी वितरण सुरु गरेको छ । खानेपानी बोक्ने छुट्टै ट्याङ्कर नभए […] The post धनगढीमा खानेपानी संकट गहिरिँदै, उपमहानगरपालिकाद्वारा प्रभावित वडामा पानी वितरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. धनगढीमा पानी सङ्कट बढ्दै

    धनगढी समाचारदाताधनगढी, असार १२ गते । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पानी सङ्कट बढ्दै गएको छ । सुक्खायाम लम्बिँदा र जलभण्डार क्षेत्र चुरे दोहनका कारण पानी सङ्कट बढ्न थ...

  3. सुके धनगढीका चापाकल, उपमहानगरमा पानी बाँड्दै ट्यांकर

    धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पछिल्लो समय खानेपानीको चरम संकट देखिएको छ । अत्यधिक गर्मी र लामो समयदेखिको खडेरीका कारण जमिनमुनिको जलस्तर घट्दा धनगढी उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा वर्षौँदेखि पिउने पानीको मुख्य स्रोत रहेका हातेपम्प

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.