खोलामा करेन्ट लगाएर माछा मारेको आरोपमा ६ जना पक्राउ, १० हजार जरिवाना
तनहुँको म्याग्दे गाउँपालिका- १ स्थित साँगे खोलामा करेन्ट लगाएर माछा मारेको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ।करेन्ट लगाएर माछा मारिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई करेन्ट लगाउन प्रयोग गरिएका सामग्रीसहित नियन्त्रणमा लिएको हो ।प्रहरीले उनीहरूलाई आवश्यक कारबाहीका लागि व्यास नगरपालिकाको कार्यालय पठाएको थियो ।१० हजार रुपैयाँ जरिवाना तिरेर उनीहरू रिहा भएका छन् ।
