हल गोरु पाल्ने कृषकलाई ५ हजार अनुदान
स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहनस्वरुप पाँच हजार रुपैयाँ उपलब्ध गराएको छ ।पछिल्लो समय बढ्दो प्रविधिको प्रयोगसँगै हल गोरु पाल्ने क्रम घट्दै गएकाले हल गोरु पाल्नतर्फ कृषकलाई आकर्षित गर्न प्रोत्साहनस्वरुप ११५ जना कृषकलाई रकम उपलब्ध गराइएको हो ।एकसय १५ कृषकका एकसय १६ हल गोरुको आवेदन आएकाले सोका आधारमा प्रतिकृषक पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत युवराज अधिकारीले बताए ।पछिल्लो समय यान्त्रिक हलो (पावर टिलर) को प्रयोग


