Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो, सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौं र हेटौँडा जोड्ने कान्ति लोकपथ मकवानपुरका विभिन्न स्थानमा पहिरो खसेका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। बकैया गाउँपालिका-१२ स्थित ठिंगन र भीमफेदी गाउँपालिका-८ को भरेङडाँडामा ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। निरन्तरको वर्षाका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेकाले मौसममा सुधार आएपछि मात्र यातायात सञ्चालन हुने प्रहरीको भनाइ छ।

4 publishers · 4 headlines · developing over 2 hours
Broke firstLokaantar logoLokaantar

पहिलोले कान्तिलोकपथ सडक पूर्णरूपमा अवरुद्ध

कान्तिलोकपथ मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । ठिंगनमा पहिरो खसेर बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गएराति साढे १२ बजे बकैया गाउँपालिका–१२ ठिंगनस्थित कान्तिलोकपथ सडक खण्डमा सडक माथिबाट ढुङ्गासहित पहिरो खसि सडक पूर्ण रूपमा अवरोध हो । कान्ति लोकपथ काठमाडौंबाट छिटो हेटौँडा पुग्ने बाटो हो ।उनका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो ठूलो भएकाले तत्काल बाटो खुल्ने सम्भावना नरहेको मकवानपुर प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा अहिले पनि

story4 publishers
Coverage

3 more headlines since

first · 4d agolatest · 4d ago
  1. पहिरोले कान्ति लोकपथ बिहानैदेखि ठप्प

    काठमाडौँ- हेटौँडा-काठमाडौँ सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कान्तिलोकपथ सडकको मकवानपुर जिल्ला र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पनि पहिरो खसेको छ। उक्त पहिरो पन्छाउन वर्षात्ले कठिनाइ भइरहेकाले मौसम सुधार भएपछि मात्र पहिरो पन्छाइने जनाइएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी […]

  2. पहिराले कान्ति लोकपथ अवरुद्ध

    मकवानपुर– हेटौँडा–काठमाडौँ सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कान्तिलोकपथ सडकको मकवानपुर जिल्ला र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पनि पहिरो खसेको छ । उक्त पहिरो पन्छाउन वर्षात्ले कठिनाइ भइरहेकाले मौसम सुधार भएपछि मात्र पहिरो पन्छाइने जनाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका […]

  3. कान्तिलोकपथमा दुई स्थानमा पहिरो, सडक अवरुद्ध

    मकवानपुरको कान्तिलोकपथअन्तर्गत दुई स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.