Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

रास्वपाद्वारा केन्द्रीय सदस्यको सूची परिमार्जन, पूजा बास्तोला र ध्रुवकुमार थापा मगर निर्वाचित

चितवनको भरतपुरमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूचीमा प्राविधिक त्रुटि भेटिएपछि निर्वाचन आयोगले नाम हेरफेर गरेको छ। आफूभन्दा कम मत ल्याएका व्यक्ति विजयी भएको भन्दै उजुरी परेपछि आयोगले ध्रुवकुमार थापा मगर र पूजा बास्तोलालाई निर्वाचित घोषणा गरेको हो। यससँगै आदिवासी जनजाति क्लष्टरबाट कृष्णमान श्रेष्ठ र गण्डकी प्रदेशतर्फबाट सोमबहादुर नेपालीको नाम सूचीबाट हटाइएको छ।

3 publishers · 3 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

पूजा र ध्रुव बने रास्वपाको केन्द्रीय सदस्य, यस्तो छ अद्यावधिक विवरण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले पूजा बास्तोला र ध्रुव थापामगरलाई केन्द्रीय सदस्यमा निर्वाचित गरेको छ । असार ७ देखि १२ गतेसम्म चितवनमा भएको रास्वपाको प्रथम महाधिवेशनमा बास्तोलाले प्रतिस्पर्धीको भन्दा बढी मत ल्याएर

story3 publishers
Coverage

2 more headlines since

first · 4d agolatest · 4d ago
  1. रास्वपाले सच्यायो केन्द्रीय सदस्यको सूची, ध्रुवकुमार र पूजा समेटिँदा को-को भए आउट ?

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचित केन्द्रीय सदस्यहरूको सूची सच्याएको छ ।भुवन केसीको अध्यक्षामा रहेको रास्वपाको केन्द्रीय निर्वाचन आयोगले चितवनको भरतपुरमा सम्पन्न प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूची सच्याएको हो ।सच्याइएको सूची अनुसार जनजाति क्लष्टरतर्फ ध्रुवकुमार थापा मगर र प्रादेशिक भूगोलतर्फ पूजा बास्तोलालाई केन्द्रीय सदस्यमा निर्वाचित भएको उल्लेख छ ।आफूभन्दा कम मत ल्याएका व्यक्तिलाई केन्द्रीय सदस्यमा विजयी घोषणा गरिएको भन्दै मगर र बास्तोलाले आयोगमा उजुरी

    Lokaantar logoLokaantarPrivatestory3 publishers
  2. रास्वपामा सोम र कृष्णमानको केन्द्रीय सदस्य पद गयो, पूजा र ध्रुव निर्वाचित भएको घोषणा

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वािचत केन्द्रीय सदस्यहरुको सूची हेरफेर भएको छ। रास्वपाको निर्वाचन आयोगले मत परिणाम सार्वजनिक गर्दा प्रावधिकि त्रुटि भएको भन्दै समावेशीतर्फ आदिवासी जनजाति क्लष्टर र गण्डकी प्रदेशतर्फबाट निर्वाचित सदस्यको नाम हेरफेर गरेको हो। महाधिवेशनमा आदिवासी जनजाति क्लष्टरबाट कृष्णमान श्रेष्ठलाई निर्वाचित भएको घोषणा गरेकामा आयोगले बैठक राखेर श्रेष्ठको ठाउँमा ध्रुवकुमार थापा मगरलाई विजेता […] The post रास्वपामा सोम र कृष्णमानको केन्द्रीय सदस्य पद गयो, पूजा र ध्रुव निर्वाचित भएको घोषणा appeared first on BIZMANDU.

    BizmanduPrivatecontent3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.