जापानी मेयरको सुत्केरी बिदा किन अन्तर्राष्ट्रिय मिडियाको हेडलाइन बन्यो ?
जापानकी सबैभन्दा कान्छी निर्वाचित महिला मेयरले आफ्नो पहिलो सन्तानलाई जन्म दिन बिदा बस्ने घोषणा गरेर पुनः एक पटक इतिहास रचेकी छन्। यसले जापानको परम्परागत पितृसत्तात्मक श्रम र राजनीतिक प्रणालीभित्रको ठुलो रिक्ततालाई उजागर गर्दै राष्ट्रिय बहसको रूप लिएको हो । क्योटो प्रान्तको लगभग ७० हजार जनसङ्ख्या भएको यावाता सहरकी ३५ वर्षीया मेयर शोको कावाताले आफ्नो बच्चाको जन्मको समयमा सुत्केरी बिदा बस्ने घोषणा गरेकी हुन्। सन् २०२३ मा निर्वाचित भएकी कावाताले आगामी सेप्टेम्बरको मध्यतिर बच्चालाई जन्म दिँदै छि
