पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा, ३ करोड ४५ लाख बिगो
नवलपरासी (बसुप)को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीविरुद्ध ३ करोड ४५ लाख ९९ हजार १६७ रुपैयाँ ८४ पैसा बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार उनले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै आयोगमा उजुरी परेको थियो ।आयोगले उनलाई कैद, बिगो बमोजिम जरिवाना र गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफतको माग



