Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6 Jullast: 6 Jul

ठोरी नाकामा भारतीय सवारी साधन रोकिएको विषयमा सांसद थपलियाद्वारा संसद्को ध्यानाकर्षण

नेपाली कांग्रेसकी सांसद सीता थपलिया उर्मिलाले पर्साको ठोरी नाकामा भारतीय पर्यटकका सवारी साधन सञ्चालनमा देखिएको अवरोधबारे प्रतिनिधिसभामा ध्यानाकर्षण गराएकी छन्। प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिका कारण नेपाल-भारत सीमा क्षेत्रमा समस्या उत्पन्न भएको र यसले ठोरीको पर्यटन व्यवसाय धराशायी बनेको उनले दाबी गरिन्। सांसद थपलियाले सीमावर्ती क्षेत्रको समस्या समाधानका लागि तत्काल कूटनीतिक पहल गर्न सरकारसँग माग गरेकी छन्।

4 publishers · 4 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

प्रधानमन्त्रीको अभिव्यक्ति पछि ठोरी नाकामा समस्या देखियो,समाधानको पहल गरियोस् : थपलिया

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सिता थपलिया उर्मिलाले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिका कारण नेपाल–भारत सीमावर्ती क्षेत्रमा समस्या देखिएको र त्यसको प्रत्यक्ष असर पर्साको ठोरी नाकामा परेको बताएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले ठोरी नाकामा

story4 publishers
Coverage

3 more headlines since

first · 6 Jullatest · 6 Jul
  1. ठोरीको समस्या तत्काल समाधान गर्न सांसद थपलियाको माग

    थपलियाले प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल–भारत सीमावर्ती क्षेत्रमा विभिन्न किसिमका समस्याहरू देखिन थालेका बताएकी छिन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
  2. प्रधानमन्त्रीको अभिव्यक्तिको असर सीमावर्ती क्षेत्र ठोरीमा पर्‍यो : सीता थपलिया

    काठमाडौँ- नेपाली कांग्रेसकी सांसद सीता थपलिया उर्मिलाले प्रधानमन्त्री बालेन्द्र शाह ‘वालेन’को पछिल्लो अभिव्यक्तिका कारण नेपाल-भारत सीमावर्ती क्षेत्रमा समस्या देखिएको र त्यसको प्रत्यक्ष असर पर्साको ठोरी नाकामा परेको बताएकी छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले ठोरी नाकामा भारतीय पर्यटकका सवारी साधनको प्रवेशमा रोक लगाइँदा त्यहाँको पर्यटन व्यवसाय धराशायी भएको बताइन्। ‘पर्साको ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको ठोरी […]

  3. संसद्‍मा उठ्यो ठोरी नाकामा भारतीय पर्यटकका गाडी रोकिएको विषय

    ‘सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिपछि नेपाल–भारत सिमावर्ती क्षेत्रमा विभिन्न किसिमका समस्याहरू देखिन थालेका छन् । यस्तै समस्या पर्सा जिल्लाको सीमा नाका ठोरीमा देखिएको छ,’ उनले भनिन् ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.