सातै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सातै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि बढाएको छ । पालिकाका नगर अस्पताल वा आधारभूत अस्पतालमध्ये एउटामा भरतपुर अस्पतालका विशेषज्ञ चिकित्सकबाट बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन गर्ने तयारी गरिएको हो ।यसका लागि अस्पतालले पालिकाका प्रमुखसँग छलफल सुरु गरिसकेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीसहितको टोलीसँग शारदानगर हेल्थपोस्टको स्थलगत अध्ययन गरेको जानकारी द

