टोरन्टोको सडक महोत्सवमा गोली चल्यो, दुई जनाको मृत्यु
क्यानडाको टोरन्टोमा आयोजित एक सडक महोत्सवमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।प्रहरीका अनुसार स्थानीय समयअनुसार शनिबार राति करिब ८:१२ बजे सेन्ट क्लेयर एभिन्यूमा सञ्चालन भइरहेको वार्षिक ‘साल्सा अन सेन्ट क्लेयर’ महोत्सवमा गोली चलेको हो । घटनास्थलमा पुगेको प्रहरीले गोली लागेका ६ जना भेटाएको थियो, जसमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ ।घटनापछि आयोजित पत्रकार सम्मेलनमा प्रहरीले महोत्सवमा रहेका दुई व्यक्तिबीच गोली हानाहान भए


