
अमेरिकी-इरानी नागरिक डेना करारी इरानको हिरासतबाट मुक्त
काठमाडौँ । इरानले सन् २०२४ डिसेम्बरदेखि हिरासतमा राखिएकी अमेरिकी-इरानी नागरिक डेना करारीलाई रिहा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करारी सुरक्षित रूपमा इरानबाट बाहिरिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको पुष्टि गरेका छन्


