जबर्जस्ती करणी मुद्दामा १८ वर्ष कैद र ६ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ
जबर्जस्ती करणी मुद्दामा सर्वोच्च अदालतबाट १८ वर्ष कैद र ६ लाख रूपैयाँ जरिवाना सजाय तोकिएका एक व्यक्ति पक्राउ परेका छन् ।सर्वोच्च अदालतको गत जेठ १० गतेको फैसलाअनुसार दोषी ठहर भएका सल्यानको शारदा नगरपालिका–१ निवासी २७ वर्षीय अजय बुढाथोकीलाई जिल्ला प्रहरीको टोलीले सल्यानको श्रीनगर बजारबाट पक्राउ गरेको हो ।पक्राउ परेका बुढाथोकीलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी जिल्ला अदालत सल्यानमा बुझाइएको प्रहरीले जनाएको छ ।त्यसपछि उनी कारागार चलान भएका छन् ।