
हिजो र आज दुवै नेतृत्वमा नागरिक किन निराश छन् भन्ने समीक्षा गर्नुपर्छ : उपसभापति शर्मा
काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारलाई हिजो र आज दुवै नेतृत्वप्रति नागरिक किन निराश छन् भन्ने विषयमा आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् । सहमहामन्त्री गुरुराज घिमिरेद्वारा लिखित ‘बुद्ध, बीपी र आजका नेता र लिलिपुटका लघुमानव’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै शर्माले दोषारोपण भन्दा पनि देश किन अपेक्षाअनुसार अघि बढ्न सकेन भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने बताए । […]
