Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 4d ago

एनसेलद्वारा सेयर खरिदबिक्री र अनुमतिपत्रका सर्तहरू पुनरावलोकन गर्न सरकारसँग माग

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले सरकारका पछिल्ला निर्णयहरू पुनरावलोकन गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्र बुझाएको छ। कम्पनीले सेयर स्वामित्व परिवर्तनलाई मान्यता नदिँदा र अनुमतिपत्र नवीकरणमा कडा सर्तहरू राख्दा वैदेशिक लगानी र नियमित सञ्चालनमा बाधा पुगेको जनाएको छ। एनसेलले दूरसञ्चार नियमावलीको दशौँ संशोधनले व्यवसायिक वातावरणमा प्रतिकूल असर पारेको दाबी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो।

4 publishers · 4 headlines · developing over 1 day
Broke firstLokaantar logoLokaantar

देशको हितका लागि निर्णय निर्णय पुनरवलोकन गर्न सरकारलाई एनसेलको अपिल

लामो समयदेखि स्वामित्व विवादमा रहेको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले देशको हितलाई ध्यानमा राख्दै सरकारले यसअघि गरेका केही निर्णय, तोकिएका सर्त तथा दूरसञ्चार नियमावलीमा गरिएको संशोधन पुनरवलोकन गर्न सरकारसँग आग्रह गरेको छ ।एनसेलले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुनः पत्र बुझाउँदै यस्तो अनुरोध गरेको हो । कम्पनीले सरकारका ती निर्णय, नियमावली संशोधन तथा अनुमतिपत्र नवीकरणका क्रममा तोकिएका सर्त विदेशी लगानी र दूरसञ्चार क्षेत्रको हितविपरीत रहेको दाबी गर्दै &

story4 publishers
Coverage

3 more headlines since

first · 5d agolatest · 4d ago
  1. सरकारी निर्णय र नियमावली पुनरवलोकन गर्न एनसेलको फेरि आग्रह

    काठमाडौँ- निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले सरकारका निर्णय, अनुमतिपत्र नवीकरणका क्रममा तोकिएका सर्त तथा नेपाल दूरसञ्चार नियमावलीमा गरिएको संशोधन पुनरवलोकन गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनः पत्र बुझाएको छ। प्रधानमन्त्री कार्यालयमा बुधबार बुझाइएको पत्रमा कम्पनीले सरकारका केही निर्णय कानुनविपरीत भएको, विदेशी लगानी र दूरसञ्चार क्षेत्रको हितविपरीत असर परेको तथा सम्बन्धित निर्णय र नियमावलीका व्यवस्थाहरू […]

  2. सरकारले शेयर खरिदबिक्री स्वीकार नगर्दा हतोत्साहित भयौँ : एनसेल

    काठमाडौं– झन्डै तीन वर्षदेखि शेयर स्वामित्व परिवर्तनसम्बन्धी कारोबारलाई सरकारले मान्यता नदिँदा कम्पनीको नियमित सञ्चालन, व्यवस्थापन र भावी लगानी प्रभावित भएको भन्दै एनसेलले आफू हतोत्साहित भएको जनाएको छ । कम्पनीले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्र बुझाउँदै शेयर खरिदबिक्रीसम्बन्धी मन्त्रिपरिषद्को निर्णय, अनुमतिपत्र नवीकरणका क्रममा लगाइएका सर्त तथा दूरसञ्चार नियमावलीको दशौँ संशोधन पुनरावलोकन गर्न आग्रह गरेको हो […]

  3. प्रधानमन्त्री कार्यालयमा एनसेलको दोस्रो पत्र, निर्णय सच्याउन माग

    काठमाडौं – एनसेलले सरकारका कानुनविपरीत निर्णय, अनुमतिपत्र नवीकरणमा राखिएका शर्त तथा दूरसञ्चार नियमावली संशोधन पुनरावलोकन गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनः पत्र बुझाएको छ। कम्पनीले यसअघि २३ पुस २०८२ मा पनि सम्बन्धित

    Ajako Artha logoAjako ArthaPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.