टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ
चितवनमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–६ का ३५ वर्षीय मनोज पराजुली रहेका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पराजुलीको उपचारको क्रममा चितवन मेडिकल कलेज (सीएमसी) मा मृत्यु भएको हो ।शुक्रबार दिउँसो ३ः३० बजे भरतपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकमा गैँडाकोटबाट आउँदै गरेको ग १ क ४८८१ नम्बरको टिपरले पैदलयात्रा गरिरहेका पराजुलीलाई ठक्कर दिएको थियो ।उपचारको क्रममा आज उनको मृत्यु भएको हो ।टिपर र
