
बिचौलिया र कालोबजारीले केराको अस्वाभाविक मूल्यवृद्धि, कैलाली–कञ्चनपुरमा बगान बिक्री मूल्य सार्वजनिक
कैलाली । कैलाली र कञ्चनपुरका केरा उत्पादकहरूले बिचौलिया र कालोबजारीका कारण बजारमा केराको मूल्य ३ सय प्रतिशतसम्म बढेको दाबी गर्दै सरकारसँग प्रभावकारी बजार अनुगमन र नियमनको माग गरेका छन्। केरा उत्पादक तथा व्यवसायी संघ कञ्चनपुर र कैलालीले बुधबार संयुक्त पत्रकार सम्मेलन गर्दै बगानबाट बिक्री हुने काँचो केराको सिफारिस मूल्यसमेत सार्वजनिक गरेका हुन्। केरा किसान लक्षिराम […]


