
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारीमा आवेदन आह्वान
काठमाडौँ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला) ले रिक्त रहेका विभिन्न मुख्य पदाधिकारी पदहरू पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। प्रतिष्ठान ऐन, २०६८ अन्तर्गत रिक्त रहेका शिक्षाध्यक्ष, रजिस्ट्रार, डीन र निर्देशक पदहरूमा पदपूर्तिको प्रक्रिया अघि बढाइएको हो।