केन्यामा हात्ती मर्ने ‘रहस्यमय’ रोग
नैरोबी । दक्षिण केन्यामा अज्ञात रोगका कारण हात्ती मर्ने क्रम बढेको छ। जुनयता कम्तीमा १९ हात्ती मरेका छन्। मृत्यु भएका अधिकांश पोथी तथा युवा भाले हात्तीमा आंशिक पक्षघातलगायत समान लक्षण देखिएको छ।अम्बोसेली क्षेत्रमा ११ वर्षीय ‘गेङ्गिस खान’ नामको हात्ती पनि बिरामी अवस्थामा फेला परेको थियो। जमिनमा ढलेर उठ्ने प्रयास गरिरहेको उक्त हात्तीलाई पशु चिकित्सकले ग्लुकोजको इन्जेक्सन दिएका थिए। तर उसलाई सास फेर्नसमेत कठिनाइ भइरहेको थियो।अम्बोसेली क्षेत्रका हात्तीले किलिमन्जारोको दृश्यसँगै केन्याको

