सामसङको ग्यालेक्सी जेड फोल्ड ८ सिरिज सार्वजनिक, मूल्य २ लाख ९९ हजार ९९९ सम्म
सामसङ नेपालले नयाँ पुस्ताको फोल्डेबल स्मार्टफोन तथा स्मार्ट घडीसहितको ग्यालेक्सी जेड सिरिज नेपालमा सार्वजनिक गरेको छ। कम्पनीले कृत्रिम बुद्धिमत्ता, सहज प्रयोग, पहुँचयोग्यता र दिगोपनालाई केन्द्रमा राख्दै ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फ्लिप ८ सार्वजनिक गरेको हो। नयाँ उपकरणमार्फत नेपाली उपभोक्तालाई थप सहज र जोडिएको प्रविधि अनुभव प्रदान गर्ने लक्ष्य सामसङले लिएको जनाएको छ।




