सर्वोच्चको आदेशबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- नमरेसम्म देखेको लेख्न छाड्दिनँ
पत्रकार किशोर श्रेष्ठले नमरुञ्जेलसम्म सत्य लेखिरहने बताएका छन् । आफू सत्ताविरुद्ध लेखेकै कारण पक्राउ र हिरासतको अवस्था भोग्नुपरेको बताउँदै पत्रकार श्रेष्ठले नमरेसम्म देखेको लेख्न नछाड्ने बताएका हुन् ।सर्वोच्च अदालतको परमादेशपछि सोमबार राति जिल्ला प्रहरी परिसरबाट रिहा भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले आफू नहारेको र जीवन रहेसम्म आफूले देखेका विषय लेख्न नछाड्ने बताए ।‘म हारेको छैन । म हार्दिनँ । म नमरेसम्म मैले देखेको कुरा लेख्न छाड्दिनँ । लेखिरहन्छु’, श्रेष्ठले भने ।&nbs

