विद्युत् निर्यातबाट २९ अर्ब ३२ करोड आम्दानी
काठमाडौँ- नेपालले गत आर्थिक वर्ष भारत र बंगलादेशमा विद्युत् निर्यात गरेर २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ मा विद्युत् निर्यातबाट उक्त आम्दानी भएको जानकारी प्रतिनिधिसभालाई मंगलबार दिएका हुन्। कांग्रेस सांसद बासना थापाले नेपालको ऊर्जा प्रणालीको अवस्था तथा विद्युत् सेवा प्रवाहमा देखिएका समस्याबारे […]