Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

२५ लाख रुपैयाँ लुटपाट प्रयासको आरोपमा प्रहरी सहायक हवल्दार पक्राउ

२५ लाख रुपैयाँ लुटपाट गर्ने प्रयास गरेको आरोपमा नेपाल प्रहरीका सहायक हवल्दार कृष्ण शाही पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत शाहीलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौंको टोखाबाट नियन्त्रणमा लिएको हो। नक्कली सुन देखाएर लुटपाट गर्ने योजनामा संलग्न रहेको भन्दै उनीसँगै सिन्धुपाल्चोकका अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ।

4 publishers · 4 headlines · developing over 3 hours
Broke firstNews of Nepal logoNews of Nepal

नक्कली सुन देखाएर २५ लाख लुट्ने योजना, प्रहरी सहायक हवल्दारसहित दुई जना पक्राउ

काठमाडौं । २५ लाख रुपैयाँ लुटपाट गर्ने प्रयास गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी सहायक हवल्दार कृष्ण शाही पक्राउ परेका छन्। शाही उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी कर्मचारी रहेको खुलेको छ। प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले शाहीलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो। उनीसँगै सिन्धुपाल्चोकका अर्का एक व्यक्ति पनि पक्राउ परेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ […]

Coverage

3 more headlines since

first · 6d agolatest · 6d ago
  1. २५ लाख लुटपाटको आरोपमा प्रहरीका सहायक हवल्दार पक्राउ !

    एक जना व्यक्तिबाट २५ लाख रूपैयाँ लुटपाट गरेको आरोपमा नेपाल प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन् । काठमाडौंको टोखामा भएको लुटपाटमामा संलग्न देखिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्णबहादुर शाही पक्राउ परेका हुन् । प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले शाहीसँगै लुटपाटमा संलग्न सिन्धुपाल्चोक घर भएका जीवन घतानी विकलाई समेत नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरूको साथबाट १ लाख २३ हजार नगद बरामद गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्र

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  2. लुटपाटमा संलग्न आरोपमा प्रहरी सहायक हवलदारसहित दुईजना पक्राउ

    काठमाडौँ । काठमाडौँमा भएको एउटा लुटमा प्रहरीका सहायक हवलदार नै संलग्न देखिएका छन् । टोखामा भएको लुटपाटमा मा संलग्न देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्ण बहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. २५ लाख लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी सहायक हवल्दार पक्राउ

    काठमाडौं– २५ लाख रुपैयाँ लुटपाट गर्ने प्रयास गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी सहायक हवल्दार कृष्ण शाही पक्राउ परेका छन्। शाही उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहेको खुलेको छ। प्रहरी वृत्त महाराजगञ्जको टोलीले शाहीलाई काठमाडौंको

    Ajako Artha logoAjako ArthaPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.