क्यान्सर उपचारमा ठूलो सफलता- ट्युमर हेरेर बनाइएको खोप सफल
अमेरिकी औषधि कम्पनी मोडेर्ना र मर्कले विकास गरिरहेको एमआरएनए क्यान्सर खोपले छालाको क्यान्सरको घातक प्रकार मेलानोमा फेरि देखिने तथा शरीरका अन्य भागमा फैलिने जोखिम घटाएको परीक्षणबाट देखिएको छ । मोडेर्ना र मर्कले बुधबार सार्वजनिक गरेको पछिल्लो चरणको क्लिनिकल परीक्षणको अन्तरिम नतिजाअनुसार, ‘इन्टिस्मेरान’ नाम दिइएको व्यक्तिगत एमआरएनए खोपलाई मर्कको क्यान्सर प्रतिरोधी औषधि ‘किट्रुडा’सँग प्रयोग गर्दा किट्रुडा मात्र प्रयोग गरिएको उपचारभन्दा राम्रो परिणाम देखिएको हो ।यो नतिजा क्यान
