जापानको नदीमा तैरिएको अवस्थामा भेटियो २५ वर्षीया नेपाली छात्राको शव, डेरामा रगतको दाग !
जापानमा अध्ययनरत २५ वर्षीया नेपाली युवतीको शव शंकास्पद अवस्थामा फेला परेको छ ।फुकुओका प्रिफेक्चरको चुओ वार्डस्थित नाका नदीमा उनको शव तैरिरहेको अवस्थामा फेला परेको हो ।फुकुओका प्रिफेक्चरल प्रहरीलाई उद्धृत गर्दै mainichi.jp (नेसनल डेली)ले जनाएअनुसार मृतक लक्ष्मी राजवंशी हुन् । उनी त्यहाँको एक व्यावसायिक विद्यालयमा अध्ययनरत थिइन् ।अगस्ट १९ बिहान करिब ५:४५ बजे फुकुओका शहरको तेन्जिन क्षेत्रमा एक पैदलयात्रीले नदीमा एक महिलाको शव घोप्टो परेको अवस्थामा तैरिरहेको देखेका थिए ।आपत्कालीन फोनम

