बनेपामा ठूलो संख्यामा कन्याको पूजा गरिँदै
प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपामा १२४ वर्षदेखि निरन्तर कन्यालाई देवीका रूपमा मान्दै पूजा गरिँदै आएको छ ।रजस्वला नभएका १० वर्षमुनिका कन्यालाई देवीका रूपमा पूजा गर्ने परम्परालाई यस वर्ष पनि निरन्तरता दिन स्थानीय सनातन कन्या–पूजा प्रबन्ध समितिले तयारी थालेको छ । यस वर्ष भदौ १९ गते कन्या–पूजाको आयोजना गरिएको छ ।विसं १९५९ देखि सञ्चालन हुँदै आएको यस पूजालाई ‘अमूर्त सांस्कृतिक सम्पदा’का रूपमा संरक्षण गर्दै आएको स्थानीय बताउँछन् । परम्पराअनुसार बनेपाको पुरानो बजारमा

