बाढीले रसुवा–बेत्रावतीको ४० किलोमिटर सडक र १४ वटा पुलमा क्षति
बाढीले रसुवादेखि नुवाकोटको बेत्रावतीसम्म करिब ४० किलोमिटर सडक पूर्णरूपमा क्षति भएको सडक विभागले जनाएको छ।विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज न्यौपानेका अनुसार रसुवा, नुवाकोट र धादिङका १४ वटा पुलमा क्षति पुगेको छ ।उनले लोकान्तरसँग भने, ‘रसुवागढीदेखि बेत्रावतीसम्मको ४० किलोमिटर सडक बाढीले पूर्णरूपमा क्षति गरेको जानकारी पाएका छौं, ठाउँ–ठाउँमा रहेका पक्की पुल पनि बाढीले बगाएको छ।’न्यौपानेका अनुसार स्याफ्रुबेंसीबाट नाकातर्फको १६ किलोमिटर सडकको थप विवरण आउन बाँकी रहेको छ ।