Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1 Septlast: 3 Sept

बाढी प्रभावितलाई राहत वितरणमा एकद्वार प्रणाली प्रभावकारी नभएको सांसदहरूको टिप्पणी

रसुवामा गएको विनाशकारी बाढीपछि सरकारले अपनाएको एकद्वार राहत वितरण प्रणाली प्रभावकारी हुन नसकेको भन्दै सांसदहरूले आलोचना गरेका छन्। सिंहदरबार र राष्ट्रिय सभामा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भुवनबहादुर सुनार र नरबहादुर बिष्टले संघीय सरकार र स्थानीय जनप्रतिनिधिबीच समन्वयको अभाव रहेको बताए। उनीहरूले प्रभावित नागरिकलाई तत्काल राहत पुर्‍याउन स्थानीय तहसँग सहकार्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

4 publishers · 7 headlines · developing over 2d 4h
Broke firstOnlineKhabar logoOnlineKhabar

राहत वितरणमा एकद्धार प्रणाली नभन्न सरकारलाई राष्ट्रिय सभा सदस्यहरूको सुझाव

१६ भदौ, काठमाडौं । सांसदहरूले रसुवामा गएको विनाशकारी बाढीपछिको अवस्थाबारे सरकारको ध्यानाकर्षण गरेका छन् । राष्ट्रिय सभाको शून्य समयमा बोल्दै उनीहरूले सरकारले गरिरहेको खोजी, उद्धार र राहत वितरणको विषयमा सरकारको ध्यानाकर्षण गरेका हुन् । नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर बिष्टले राहत वितरणमा एकद्धार प्रणाली नभन्न सरकारलाई सुझाव दिए । ‘राज्यले राहत दिने विषयमा एकद्धार प्रणाली भनेको […]

Coverage

6 more headlines since

first · 1 Septlatest · 3 Sept
  1. राहत पारदर्शी र प्रभावकारी बनाउन सांसद केसीको माग

    काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले राहत वितरणलाई पारदर्शी, प्रभावकारी र सर्वदलीय समावेशी संयन्त्रमार्फत तत्काल पीडितसमक्ष पुर्‍याउन माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद केसीले रसुवा र त्रिशूलीपारिका विस्थापित नागरिकहरू अझै आधारभूत राहतको पर्खाइमा रहेको र स्थानीय जनप्रतिनिधिहरूमा तीव्र आक्रोश रहेकाले राहत वितरणलाई पारदर्शी, प्रभावकारी र सर्वदलीय समावेशी संयन्त्रमार्फत तत्काल पीडितसमक्ष पुर्‍याउन माग […]

  2. राहत वितरणमा एकद्धार प्रणाली केन्द्रीकृत सोचको उपज : अर्जुननरसिंह केसी

    १८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बाढी प्रभावत राहत वितरणमा एकद्धार प्रणाली केन्द्रीकृत सोचको उपज भएको बताएका छन् । ‘एकद्धार प्रणालीको नाममा जुन खालको केन्द्रीकृत सोच अपनाइएको छ । यो अत्यन्त आपत्तिजनक छ,’ उनले भने, ‘राहतका सामग्री सदमुकाम र हेडक्वार्टरमा थुप्रिएका छन् । पीडितहरू भोकभोकै रात बिताउन बाध्य छन् ।’ यसकारण यसलाई […]

  3. राहत वितरणमा सरकारले एकद्धार भन्दा जनताहरू भोकै भए : सांसद बराल

    १८ भदौ, काठमाडौं । नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले राहत वितरणमा सरकारले एकद्धार भन्दा प्रभावितले प्राप्त गर्न नसकेको टिप्पणी गरेकी छन् । ‘प्रधानमन्त्रीज्यूले हिजो मेरो मात्रै काम हो भने जस्तो गर्नुभयो,’ उनले प्रतिनिधिसभाको बैठकमा भनिन्, ‘यसैगरी सरकारले राहत वितरणमा एकद्धार प्रणालीको नीति ल्याएको छ । यो भन्दा जनताहरू भोकै छन् ।’ बेपत्ताको उद्धारमा ध्यान दिन आग्रह […]

  4. रसुवा बाढी प्रभावितको व्यवस्थापन गर्न तीनै तहमा सर्वदलीय संयन्त्र परिचालन गरिने

    नेता पुनले राहत वितरणका लागि सरकारले एकद्वार प्रणाली अपनाए पनि पीडितसम्म राहत पुग्न नसकेको भन्दै राहत वितरणको विषयमा स्थानीय तहसँग पर्याप्त समन्वय गर्नुपर्नेमा जोड दिएको बताए।

    Thaha Khabar logoThaha KhabarPrivatedetail7 publishers
  5. राहत वितरणमा अपनाइएको एकद्वार प्रणाली प्रभावकारी भएन: सांसद सुनार

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भुवनबहादुर सुनारले बाढी प्रभावित नागरिकलाई राहत वितरण गर्न सरकारले अपनाएको एकद्वार प्रणाली प्रभावकारी हुन नसकेको बताएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राहत वितरण प्रक्रियामा संघीय सरकार

    Ratopati logoRatopatiPrivatestory7 publishers
  6. राहत वितरणमा एकद्वार प्रणाली प्रभावकारी हुन सकेन : सांसद सुनार

    १६ भदौ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भुवनबहादुर सुनारले बाढी प्रभावित नागरिलाई राहत वितरण गर्न सरकारले अपनाएको एकद्वार प्रणाली प्रभावकारी हुन नसकेको बताएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राहत वितरण प्रक्रियामा संघीय सरकार र प्रदेश तथा स्थानीय जनप्रतिनिधिबीच समन्वयको अभाव देखिएको बताए । स्थानीय तहसँग सहकार्य र समन्वय गरेर तत्काल […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.