सुरुङमा फसेकाको उद्धारलाई प्राथमिकता दिन सरकारलाई संसदीय समितिको निर्देशन
प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य स्थानमा फसेकाको तत्काल खोज, उद्धार तथा सुरक्षित स्थानान्तरणलाई उच्च प्राथमिकता दिन सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबारको बैठकले नेपाल सरकार र स्थानीय तहको समन्वयमा उद्धारलाई तीव्र बनाउन निर्देशन दिएको हो । समितिले बाढीबाट अवरुद्ध सडक सञ्जाल तत्काल पुनःसञ्चालन र क्षतिग्रस्त सडक तथा पुलको शीघ्र मर्मत अघि बढाउनसमेत निर्देशन दिएको छ । समितिका सभापति आशिष गजुरेलले पुल तथा सडकलगायत स्थायी संरचना


