देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सार्नु उपयुक्त हुन्छ : नैनसिंह महर
नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’का अभियन्ता नैनसिंह महरले विपत्तिको यो घडीमा नेपाली कांग्रेसले महाधिवेशनभन्दा माथि उठेर देश र जनताको पीडालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।देवीघाट, त्रिशूलीलगायत बाढीपहिरोले संकट निम्त्याएको क्षेत्र गएर राहत,उद्धारबाट काठमाडौं फर्किएपछि कांग्रेसका सम्पर्क समितिका सभापतिहरूसँगको छलफलमा नेता महरले पार्टीको १५ औं महाधिवेशन केही समय पछि सार्नुपर्ने बताएका हुन् । भोटेकोशीलगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरोका कारण ठूलो
