त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी
सशस्त्र प्रहरी बल, नेपाल (एपिएफ) का प्रहरी निरीक्षक पप्पु यादवलाई यही भदौ १० गते बिहान ९ः२६ बजे प्रहरी नायब उपरीक्षक वीरेन्द्र राउतको फोन आयो, “त्रिशूलीमा ठूलो बाढी आउँदै छ, कैदीबन्दीलाई सुरक्षित स्थानमा सार्नु र आफू पनि सुरक्षित हुनु ।”रसुवाको भोटेकोशी नदीमा आएको बाढीसम्बन्धी त्यो सूचना आउँदा प्रहरी निरीक्षक यादव नियमित काममै थिए । सशस्त्र प्रहरी बलका तर्फबाट कारागारको नेतृत्व उनले नै गरिरहेका थिए । नेपाल प्रहरीको नेतृत्व भने प्रहरी नायब निरीक्षक श्रीकृष्ण सुवेदीले गरिरहेका थिए ।उक्

