जीवनयापनका आधार नै सम्पर्कविहीन भएपछि...
कञ्चनपुर कृष्णपुर नगरपालिका-३ देखतभुलीका नन्दकिशोर राना छोराको खोजीमा पाँच दिनदेखि काठमाडौँका अस्पताल, सम्बन्धित निकायमा दौडधुप गरिरहेका छन् ।रसुवा बाढीमा परी २२ वर्षीय एक्लो छोरा क्रिकेशन राना सम्पर्ककविहीन भएपछि खोजीका लागि पहल गरिदिन सांसददेखि मन्त्रीसम्मलाई भेट गरिरहेका रानाले छोरा सकुशल पाउने आशा न्यून हुँदै गएको बताए ।“छोराको सास कि लासै भए पनि पाउँला भनेर काठमाडौँ पुगेको छु”, उनले भने, “घरपरिवारमा सन्नाटा छाएको छ । यसैबीच यहाँँ आए तर छोराको खोजी हुँदैछ भन्ने खबरबाहेक केह

