
चालु आवको पहिलो महिनामा उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन)मा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ । महँगीको यो दर पछिल्लो २१ महिनाकै उच्च देखिएको छ । २०८१ मङ्सिरमा मुद्रास्फीति ६.०५ प्रतिशत थियो

