Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 3h agolast: 1h ago

न्यायपालिका पुनर्संरचनाको विषयलाई लिएर प्रतिनिधि सभामा सांसदहरूबीच चर्काचर्की

प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपाने र नेकपा (एमाले) का सांसद गुरु बरालबीच न्यायपालिकाको विषयलाई लिएर चर्काचर्की भएको छ। सांसद न्यौपानेले न्यायपालिकाको व्यापक पुनर्संरचना गर्नुपर्ने र न्यायाधीशहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग राख्नुभएको थियो। यस विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच संसद्‌मा सवाल-जवाफ भएको हो।

3 publishers · 3 headlines · 3 in 24h · developing over 1 hour
Broke firstNepal Press logoNepal Press

रास्वपा सांसद न्यौपानेले न्यायपालिका पुनर्संरचनाको प्रस्ताव राखेपछि प्रतिनिधि सभामा चर्काचर्की

रास्वपा सांसद यज्ञमणि न्यौपाने र एमाले सांसद गुरु बरालबीच प्रतिनिधि सभाको बैठकमा चर्काचर्की परेको छ।

Coverage

2 more headlines since

first · 3h agolatest · 2h ago
  1. न्यायपालिकाबारे प्रतिनिधिसभामा चर्काचर्की, न्यौपाने र बरालबीच नोकझोक

    प्रतिनिधिसभाको आजको बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद यज्ञमणि न्यौपाने र प्रतिपक्षी सांसद गुरू बरालबीच सवाल जवाफ भएको छ।बैठकको विशेष समयमा बोल्दै सांसद यज्ञमणि न्यौपानेले न्यायालयमाथि टिप्पणी गरेका थिए । उनले संविधान देखाउँदै सांकेतिक रूपमा न्यायाधीशहरूमाथि महाभियोग लगाउनेसम्मको चेतावनी दिएका थिए ।देशमा सुशासन र विधिको शासन कायम गर्नका लागि न्यायपालिकाको व्यापक पुनर्संरचना आवश्यक रहेको बताउँदै उनले संसद्‌मा न्यायाधीशका फैसला वा विवेकका सन्दर्भ

    Lokaantar logoLokaantarPrivatestory3 publishers
  2. न्यायपालिकाको पुनर्संरचनाको विषयलाई लिएर संसद्‌मा एमाले र रास्वपा सांसदबिच जुहारी

    काठमाडौँ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा न्यायपालिकाको पुनर्संरचनाको विषयलाई लिएर नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदबिच जुहारी चलेको छ। रास्वपाका सांसद यज्ञमणि न्यौपानेले न्यायपालिकाको पुनर्संरचना गर्नुपर्ने, न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने तथा अदालतका फैसलाहरू

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.