Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 25 Septlast: 5d ago

कुलेखानी जलाशयको जलसतह बढ्यो, पूर्ण क्षमतामा भर्न ७ मिटर बाँकी

मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह बढ्दै गएको छ । आयोजनाका अनुसार पछिल्लो १२ घण्टामा जलसतह १.२ मिटरले बढेको छ भने जलाशय पूर्ण क्षमतामा भर्न अब ७ मिटरमात्र बाँकी छ । मुलुकको एकमात्र ‘ब्याकअप’ ऊर्जा स्रोतका रूपमा रहेको यो आयोजनाबाट चौबिसै घण्टा विद्युत् उत्पादन भइरहेको आयोजनाले जनाएको छ ।

5 publishers · 8 headlines · developing over 2d 20h
Broke firstRatopati logoRatopati

कुलेखानी जलाशय भरिन ७ मिटर बाँकी, चौबिसै घण्टा विद्युत् उत्पादन

मकवानपुर । मुलुकको एकमात्र ‘ब्याकअप’ ऊर्जा स्रोतको रूपमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह बढ्दै गएको छ । पूर्ण क्षमतामा जलाशय भरिन अब जम्मा ७ मिटरमात्र बाँकी रहेको आयोजनाले जनाएको छ । कुलेखानी प्रथम जलविद्युत्

story8 publishers
Coverage

7 more headlines since

  1. कुलेखानीमा पानीको तह १५२७ मिटर नाघ्यो, बजाइएन साइरन

    हेटौँडा । मकवानपुरको इन्द्रसरोवर ताल (कुलेखानी)मा पानीको सतह १५२७ मिटर पुगे पनि साइरन बजाइएको छैन । हाल पानीको तह प्रतिघण्टा २ सेमी भएकाले कुनै जोखिम नरहेको र वर्षा रोकिएकाले साइरन नबजाइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । हाल तालमा पानीको सतह १५२७.०५ मिटर पुगेको छ । अब वर्षाको सम्भावना नरहेको र मौसम सफा रहने अवस्थाका […]

  2. कुलेखानी जलाशयको सतह खतरा लेभलमा, देउराली-सिस्नेरी सडक बन्द

    काठमाडौं । लगातारको वर्षासँगै मकवानपुरको इन्द्रसरोवरस्थित कुलेखानी जलाशयमा पानीको सतह बढ्ने क्रम जारी छ । जालशयमा पानीको लेभल खतरा तहमा पुगेपछि देउराली–सिस्नेरी सडकखण्डमा आइतबार दिउँसो ४ बजेदेखि सवारी आवागमन बन्द गरिने भएको छ । कुलेखानीमा पानीको सतह १५२६ मिटर नाघेको छ । १५२७ मिटर पुगेपछि सचेतनाका लागि साइरन बजाइनेछ । जलाशयमा पानीको सतह बढिरहेकाले रातिको […] The post कुलेखानी जलाशयको सतह खतरा लेभलमा, देउराली-सिस्नेरी सडक बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. कुलेखानी जलाशय लगातार बढ्दै, सतर्क रहन आग्रह

    हेटौडा । मकवानपुरको कुलेखानी जलाशय (इन्द्रसरोवरमा) मा पानीको सतह बढिरहेको छ । बिहान ११ बजेको अपडेट अनुसार पानीको सतह बढेर १५२६.२३ मिटर पुगेको हो । निरन्तर ठूलो वर्षा भइरहेकाले पछिल्ला दिनको तुलनामा जलाशयमा पानीको

    Global Aawaj logoGlobal AawajPrivatearchives8 publishers
  4. कुलेखानीमा १५२७ मिटरमा पानी पुगेपछि साइरन बज्ने

    मकवानपुर । कुलेखानी जलाशय मा पानीको सतह आज बिहान ५ बजेसम्म १५२५.११ मिटर मापन गरिएको छ। यस जलाशयमा १५३० मिटर सम्म जल भण्डारण गर्न सक्ने क्षमता रहेको छ र अहिले पूर्ण क्षमतामा बिजुली उत्पादन भइरहेको छ

    Ratopati logoRatopatiPrivatestory8 publishers
  5. कुलेखानी बढिरहेको पानी, जोखिम कतिको छ?

    काठमाडौँ- कुलेखानी जलाशयमा पानीको सतह बढ्ने क्रम जारी रहे पनि पानी बढ्ने दर भने घटेको छ। राति ९ बजेको पछिल्लो अपडेटअनुसार जलाशयको पानीको सतह १,५२३.६० मिटर पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका उप कार्यकारी निर्देशक मदन तिम्सिनाका अनुसार अहिले जलाशयको पानीको सतह बढ्ने दर प्रतिघण्टा करिब ४ सेन्टिमिटरमा झरेको छ। पानीको सतह बढ्ने क्रम र यसको […]

  6. पछिल्लो १२ घण्टामा १.२ मिटरले बढ्यो कुलेखानीमा पानी

    हेटाैँडा । मुलुकको एकमात्र ‘ब्याकअप’ ऊर्जा स्रोतको रूपमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह बढ्दो क्रममा रहेको छ । पछिल्लो १२ घण्टाको अवधिमा मात्रै कुलेखानी जलाशयमा जल सतह १.२ मिटरले भरिएको आयोजनाले जनाएको छ

    Ratopati logoRatopatiPrivatestory8 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.