
बगर हेरेर टोलाउँछन् विद्यार्थी, न घर रह्यो, न कापी-किताब
बागलुङको निसीखोला गाउँपालिका-४ झिवाखोलाका सन्दीप रेग्मी अचेल दिनभर बगर बनेको आफ्नै घरको भग्नावशेष हेरेर टोलाइरहन्छन्। असोज ११ गते आएको बाढीले उनको घर मात्र बगाएन, विद्यालय जाने कापी-कलमसमेत बाँकी राखेन।...

