
शरीरमा कुँदिँदै कला : ललितपुरमा १०० भन्दा बढी ट्याटु आर्टिस्टको जमघट
ललितपुर । ललितपुरस्थित म्याजिष्टिक ग्राण्डमा यतिबेला बेग्लै रौनकता छाएको छ। ट्याटु मेसिनको सुईको धुन र शरीरमा कुँदिँदै गरेका अनेकन रङहरूले त्यहाँको माहोललाई निकै कलात्मक बनाएको छ। अवसर हो, तेस्रो संस्करणको हिमालयन ट्याटु समिटको। तीन दिनसम्म चल्ने यो