नुवाकोट कांग्रेसको मतगणना रोक्न केन्द्रीय निर्वाचन समितिको निर्देशन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नुवाकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को मतगणना रोक्न केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ।मतदानका क्रममा खसेका मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर फरक–फरक रहेको र मतपेटिकाको सिल टुटेको भन्दै उजुरी परेपछि समितिले छानबिनका लागि मतगणना रोक्न निर्देशन दिएको हो।केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जिल्ला निर्वाचन अधिकृत रत्नसुन्दर खुजुजीलाई पत्र पठाउँदै समितिबाट निर्णय नभएसम्म मतगणना यथास्थितिमा रोक्न निर्देशन दिएका छन्।सम
