Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 2h ago

रेशम चौधरीले गगन थापालाई गणतन्त्र र पहिचानबारे प्रश्न गरे

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले आइतबार काठमाडौँमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा कांग्रेस सभापति गगन थापालाई प्रश्न गरेका छन्। गणतन्त्र स्थापना भइसक्दा पनि थारू समुदायको पहिचान र अधिकार सुनिश्चित हुन नसकेको भन्दै उनले त्यसबारे प्रश्न उठाएका हुन्। चौधरीले आफू पनि १९ दिने जनआन्दोलनमा सहभागी भएको स्मरण गर्दै त्यतिबेला टाउकोमा कफन बाँधेर गणतन्त्रको नारा लगाएका थापाको प्रशंसा गरे।

5 publishers · 5 headlines · 5 in 24h · developing over 1 hour
Broke firstRatopati logoRatopati

रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो धर्म किन साटियो गगनजी ?

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले १९ दिने आन्दोलन र त्यसपछि आएको गणतन्त्रसँगै किन हाम्रो धर्म साटियो भनेर कांग्रेस सभापति गगन थापालाई प्रश्न गरेका छन् । आइतबार काठमाडौँमा सुरु भएको कांग्रेसको १५ औँ महाधिवेशनको शुभकामना

story5 publishers
Coverage

4 more headlines since

first · 3h agolatest · 2h ago
  1. रेशम चौधरीको प्रश्न– गणतन्त्रसँगै मेरो धर्म र पहिचान किन साटियो ?

    १८ असोज, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक रेशमलाल चौधरीले गणतन्त्रसँगै पहिचान र धर्म साटिएको भन्दै प्रश्न उठाएका छन् । आइतबारबाट काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा उनले संविधानमा अधिकार सुनिश्चित गरिए पनि कार्यान्वयनको पाटो फितलो रहेको भन्दै राज्यको उच्च ओहोदामा थारू समुदायको पहुँचबारे नेतृत्वसँग जवाफ माग गरे । चौधरीले लोकतान्त्रिक […]

  2. गगन थापालाई रेशम चौधरीको प्रश्न- गणतन्त्र ल्यायौं, तर गणतन्त्रसँग मेरो धर्म किन साटियो ?

    नागरिक उन्मुक्ति पार्टी नेपालका संस्थापक तथा संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसका सभापति गगन थापासँग गणतन्त्र स्थापनापछि पनि थारू समुदायको पहिचान र अधिकार सुनिश्चित हुन नसकेको भन्दै प्रश्न गरेका छन् ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चौधरीले १९ दिने जनआन्दोलनमा आफूहरू पनि सहभागी भएर गणतन्त्र स्थापनाका लागि संघर्ष गरेको स्मरण गरे । उनले गणतन्त्र स्थापनाको आन्दोलनमा टाउकोमा कफन बाँधेर हिँडेका युवा गगन थापा अहिले कांग्रेसको सभापति बनेको भन्दै उनको प्रशंसा पनि ग

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  3. गगनलाई रेशमको प्रश्न- गणतन्त्रसँग धर्म किन साटियो ?

    काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीले गगन थापालाई गणतन्त्रसँग धर्म किन साटियो भनेर प्रश्न गरेका छन् । आज नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै उनले सो प्रश्न गरेका हुन् । ‘गगन जी आन्दोलनमा हामीले पनि लाठी खायौँ, पानीका बौछार खायौँ, त्यहाँ एउटा अनौठो संयोग छुट्न गयो, १९ दिने आन्दोलनमा गणतन्त्र ल्यायौँ, नेपाली […]

  4. गगन थापालाई रेशम चौधरीको प्रश्न- १९ दिने जनआन्दोलनमा गणतन्त्रसँग मेरो धर्म किन साटियो ?

    चौधरीले १९ दिने जनआन्दोलनमा कांग्रेस सभापति थापाले टाउकोमा कफन बाँधेर गणतन्त्रको नारा लगाएको भन्दै प्रशंसा गरे । आफू पनि त्यो आन्दोलनमा सहभागी भएको उनले बताए ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.