Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 1h ago

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस १५औँ महाधिवेशनलाई सम्बोधन गरे

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गरेका छन्। उनले देश अँध्यारो सुरुङतर्फ प्रवेश गरेको र लिकभन्दा बाहिर गएको टिप्पणी गर्दै संविधान र व्यवस्थामै त्रुटि रहेको बताए। सरकार र राजनीतिक नेतृत्व फेरिएर मात्र मुलुकको समस्या समाधान नहुने उनको भनाइ छ। साथै उनले राजादेखि नयाँ पुस्तासम्म अटाउने नयाँ राष्ट्रिय सहमति निर्माण गर्न प्रस्ताव गरेका छन्।

7 publishers · 8 headlines · 8 in 24h · developing over 1 hour
How this story evolved· 2 updates
  1. 3 sources2h ago

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश अँध्यारो सुरुङतर्फ गएको र लिकबाहिर पुगेको बताएका छन्। आइतबार काठमाडौँको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले समस्या पात्रमा मात्र नभई व्यवस्था र संविधानमै रहेको टिप्पणी गरे। गलत कुरा औँल्याउँदा प्रहार हुने प्रवृत्ति अझै कायम रहेको पनि उनले बताए।

  2. 6 sources2h agocurrent

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गरेका छन्। उनले देश अँध्यारो सुरुङतर्फ प्रवेश गरेको र लिकभन्दा बाहिर गएको टिप्पणी गर्दै संविधान र व्यवस्थामै त्रुटि रहेको बताए। सरकार र राजनीतिक नेतृत्व फेरिएर मात्र मुलुकको समस्या समाधान नहुने उनको भनाइ छ। साथै उनले राजादेखि नयाँ पुस्तासम्म अटाउने नयाँ राष्ट्रिय सहमति निर्माण गर्न प्रस्ताव गरेका छन्।

Broke firstKhabarhub logoKhabarhub

देश लिकभन्दा बाहिर गयो : राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको स्थिति लिकभन्दा बाहिर गएको र विद्यमान राजनीतिक समस्या पात्रमा मात्र नभई व्यवस्था र संविधानमै रहेको टिप्पणी गरेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार काठमाडौँको खुलामञ्चमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले गलत कुरा औँल्याउँदा प्रहार हुने प्रवृत्ति अझै कायम रहेको बताए। “हिजो एउटा कुनै […]

Coverage

7 more headlines since

  1. पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा पार्टी नेता र राजनीतिप्रति वितृष्णा कायमै रहेको बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिदैँ उनले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आफूले बोलेको कुरा १५औँ महाधिवेशनसम्म आई पुग्दासम्म कुनै सुधार नभएको बताए । ‘मैले नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटनको क्रममा जे बोलेको […]

  2. देश अँध्यारो सुरुङतर्फ प्रवेश गर्दैछ, मान्छे फेरेर मात्रै समस्या समाधान नहुने रहेछ : लिङ्देन

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई निकास दिन सबै राजनीतिक शक्तिबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले पाँच वर्षअघि कांग्रेसको १४औँ

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives8 publishers
  3. हिजो कसैको विरोध गरे गोली आउँथ्यो, आज सामाजिक सञ्जाल आउँछ : राजेन्द्र लिङ्देन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार र राजनीतिक नेतृत्व फेरिँदैमा मुलुकको समस्या समाधान नहुने टिप्पणी गरेका छन् । उनले विद्यमान संविधान र व्यवस्थाका कमजोरीसमेत सच्याउनुपर्ने समेत बताएका छन्।आइतबार काठमाडौंको खुलामञ्चमा शुरू भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना सन्देश दिँदै उनले राजनीतिक दल र नेतृत्वप्रति जनतामा रहेको वितृष्णा नघटेको उल्लेख गरे । साथै उनले मुलुक झन् जटिल अवस्थामा पुगेको र देशलाई निकास दिन राजा, राजनीतिक दल तथा

    Lokaantar logoLokaantarPrivatestory8 publishers
  4. देश अँध्यारो सुरुङतर्फ प्रवेश गरेको छ, राजनीतिक तरलता झनै बढ्यो : लिङ्देन

    १८ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहे जस्तो समाज निर्माण हुन बाँकी रहेको बताएका छन् । राजनीतिक दलहरूमा आएको परिवर्तन र शक्तिमा आएको परिवर्तनले मानिसहरू बदलेको उनले बताए । तर जनताका इच्छा र आकांक्षा सम्बोधन गर्ने गरी काम हुन बाँकी रहेको उनको भनाइ छ । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको […]

  5. मान्छे फेरिएर मात्र हुँदैन रहेछ भन्ने यो ६ महिनामा देखियोः राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले देश यतिबेला अँध्यारो सुरुङतर्फ प्रवेश गरेको टिप्पणी गरेका छन् ।

  6. देश अँध्यारो सुरुङ र लिग बाहिर गयो, संविधान र व्यवस्था नै समस्या हो :  राजेन्द्र लिङ्देन

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति अँध्यारो सुरुङ तर्फ धकेलिएको र संविधान तथा व्यवस्थामा नै त्रुटि रहेको बताएका छन् । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन लिङ्देनले

    Ratopati logoRatopatiPrivatestory8 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.