
लोकतन्त्रको भविष्यप्रति एमाले महासचिव चिन्ता : ‘जनताको शासन हो कि अधिनायकको बाटो ?’
काठमाडौँ -नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकमा लोकतन्त्रको भविष्यप्रति गम्भीर चिन्ता बढेको बताउँदै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जनताबाट विश्वास पाएका प्रधानमन्त्रीले न संसद्का कुरा सुन्ने गरेको, न त जनताका आवाज नै सुन्ने गरेको आरोप लगाए। “लोकतन्त्रको भविष्यप्रति चिन्ता छ। जनताले विश्वास गरेको प्रधानमन्त्री […]

