Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 5 min ago

कांग्रेस महाधिवेशनमा डिला संग्रौलाले महिला महामन्त्रीमा उम्मेदवारी घोषणा गरिन्

नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। काठमाडौंमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले महामन्त्रीको संख्या तीन पुर्‍याउने र तीमध्ये एक पद महिलाका लागि आरक्षित गर्ने निर्णय गरेलगत्तै उनले महाधिवेशन स्थलमा पत्रकारहरूसँग कुरा गर्दै उम्मेदवारी घोषणा गरेकी हुन्। संग्रौला १४औँ महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवाको प्यानलबाट सहमहामन्त्रीमा निर्वाचित भएकी थिइन्।

4 publishers · 5 headlines · 5 in 24h · developing over 2 hours
Broke firstNepal Press logoNepal Press

कांग्रेस महामन्त्रीमा डिलाले गरिन् उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महिला महामन्त्रीमा उम्मेदवारी घोषणा गरिन्। सङ्ग्रौला १४ औँ महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्रीमा निर्वाचित भएकी थिइन्। केही समयअघि मात्रै देउवा समूहका नेताहरूको नेतृत्व गर्दै संस्थापन पक्षमा आएकी थिइन्। कांग्रेसको आज बसेको बैठकले महिलासहित महामन्त्रीको […]

Coverage

4 more headlines since

first · 3h agolatest · 14 min ago
  1. महामन्त्रीमा उम्मेदवारी दिएपछि डिलाले भनिन्- महिलाका मुद्दा उठाउँछु

    काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । सोमबार महाधिवेशन स्थल खुलामञ्चमा पत्रकार सम्मेलन गर्दै उनले महिला महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरिन् । आफूले महिलाका बाँकी रहेका मुद्दा तथा सवालहरूलाई अझ सशक्त रूपमा उठाउनका लागि महामन्त्री पदमा उम्मेदवारी दिन लागेको उनले बताइन् । विद्यार्थी राजनीतिदेखि सुरु गरी […]

    Khabarhub logoKhabarhubPrivate5 publishers
  2. कांग्रेस महामन्त्रीमा डिला संग्रौला पन्तको उम्मेदवारी घोषणा

    नेपाली कांग्रेसको महामन्त्री पदमा डिला संग्रौला पन्तले उम्मेदवारी घोषणा गरेकी छन्।

    Setopati logoSetopatiPrivatepolitics5 publishers
  3. महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा

    काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । संग्रौलाले पार्टीको महाधिवेशनमा महिला महामन्त्री पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेकी हुन् । कांग्रेसको विधान संशोधनपछि महामन्त्री पदमा तीन जना हुने व्यवस्था गरिएको छ । तीमध्ये एक जना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ । तस्बिर : […]

  4. महामन्त्रीमा एक सिट महिलाका लागि आरक्षित भएपछि डिला संग्रौलाले घोषणा गरिन् उम्मेदवारी

    काठमाडौं। नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले महामामन्त्रीमा उम्मेदवारी घोषणा गरेकी छन्। केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीमा एक सिट महिलाका लागि आरक्षित गर्ने निर्णय गरेलगत्तै डिलाले पत्रकार सम्मेलन गरेर महामन्त्रीमा उम्मेदवारी घोषणा गरेकी हुन्। केन्द्रीय समितिको बैठकले केहीबेरअघि महामन्त्रीको संख्या ३ पुर्‍याउने र त्यसमा एक पद महिलाका लागि आरक्षित गर्ने निर्णय गरेको थियो। डिला गत पुस मसान्तमा […] The post महामन्त्रीमा एक सिट महिलाका लागि आरक्षित भएपछि डिला संग्रौलाले घोषणा गरिन् उम्मेदवारी appeared first on BIZMANDU.

    BizmanduPrivatecontent5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.