
इनरुवामा काउली बोकेको ट्रकमा २ हजार ४९० किलो गाँजा, चालक र सहचालक पक्राउ
इनरुवा : तरकारीको आवरणमा ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले सुनसरीको इनरुवाबाट दुई जनालाई पक्राउ गरेको छ। काउली बोकेको ट्रकमा लुकाएर लैजाँदै गरिएको अन्दाजी २ हजार ४९० किलो गाँजासहित चालक र सहचालक पक्राउ परेका हुन्।




